अर्घाखाँची जिल्ला लकडाउन: मोटरसाइकल पनि पूर्ण प्रतिबन्ध
अर्घाखाँची– अर्घाखाँची जिल्ला सोमबार रातिबाट लकडाउन गरिने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला लक डाउन गर्ने निर्णय गरिएको हो ।
सोमबार विहान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सदरमुकाममा बसेको सर्वपक्षीय बैठकले अर्घाखाँची तत्काल लकडाउन गर्ने निर्णय गरेको हो ।
अब अर्को सूचना जारी नभएसम्म अर्घाखाँची लकडाउन हुनेछ । यससँगै अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा निजी सवारी साधन पनि प्रवेश गर्न पाउने छैनन् ।
बैठकले मोटरसाइकलमा पनि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
तर, यसबीचमा मालवाहक सवारी साधन, ग्यास तथा तेलका ट्याङ्कर चाहिँ जान पाउने छन् ।