खुल्यो तिन दिनलाई अर्घाखाँची बन्द - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

खुल्यो तिन दिनलाई अर्घाखाँची बन्द



घनश्याम पौडेल अर्घाखाँची, २६ मंसिर
सरकारले ५ नम्बर प्रदेश टुक्रयाउने गरी संसदमा प्रस्ताव दर्ता गरेसँगै अर्घाखाँचीमा चर्किएको आन्दोलन ३ दिनलाई खुलेको छ । मंसिर २७, २८ र २९ गतेसम्मका लागी जिल्लाका धेरै ठाउँमा कुल पुजाँ पुजा भएकोले जनतालाई सहज हुने गरी आन्दोलनका सवै कार्यक्रमहरु स्थगित गरिएको नेपाली कांग्रेसका जिल्ला सभापती तथा सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो ।

अर्घाखाँची जिल्लामा बन्द सँगसँगै दैनिक विभिन्न खालका आन्दोलनका कार्यक्रमहरु भईरहेका छन । लगातार भईरहेको बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा पुर्ण रुपमा ठप्प भएका थिए, भने शैक्षिक संघसंस्था खुलेका थिए ।

बन्दका कारण जिल्लाबाट छुटने लामो तथा छोटो दुरीका यातायातका साधन ठप्प भएपछी यात्रुहरु मर्कामा परेका थिए, साथै जनजिवन कष्टकर बनेको थियो ।