अर्घाखाँची जिल्लाको नुवाकोट गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण सम्पन्न - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

अर्घाखाँची जिल्लाको नुवाकोट गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण सम्पन्न



घनश्याम पौडेल नुवाकोट, ७ फागुन

अर्घाखाँची जिल्लाको नुवाकोट गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट गाउँ कार्य समितीको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कांग्रेस नुवाकोटलाई पहिलो पार्टी बनाउन सवै लागीपर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेमनारायण बेल्वासे, चन्द्रा गैरे, महाधिवशेन प्रतिनिधी तथा युवानेता इन्द्रमणि पौडेलले मन्तव्य राख्दै नुवाकोट गाविसको विकासका लागी कांग्रेस सधै तयार रहेको बताउनुभएको थियो । पौडेलले छिट्टै स्थानिय निकायको चुनाव हुन लागेकोले भुमिकास्थान गाउँ पालीकामा कांग्रेसको जित सुनिश्चत रहेकोले सवै कांग्रेस नुवाकोट गाउँ कार्य समिती, क्रियाशिल सदस्य, शुभेच्छुक व्यक्ती तथा गाविस बासिलाई एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्षेत्रिय प्रतिनिधी हिरा पन्थी गैरे, शिक्षक संघ नुवाकोट अध्यक्ष बाबुराम खनाल लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नुवाकोट गाउँ सभापती खिमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।