यी हुन् अर्घाखाँची एमालेबाट पालिकामा लड्ने उम्मेदवारहरू - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

यी हुन् अर्घाखाँची एमालेबाट पालिकामा लड्ने उम्मेदवारहरू



बुटवल- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ।

पालिकास्तरीय बैठकले अर्घाखाँचीकाम शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।

भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए।

थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट भूमिकास्थानको प्रमुखमा विजयी भएका थिए। तर, उनी केहि साताअघि मात्रै एमाले प्रवेश गरेका हुन्। शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीलाई सिफारिस गरिएको एमालेले जनाएको छ।

पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए।

उपाध्यक्षको नाममा भने विवाद छ। छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लाग्ने एमाले अर्घाखाँचीले जनाएको छ।