अब अर्जेन्टिनाको टोली खेलाडीले आफै छान्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अब अर्जेन्टिनाको टोली खेलाडीले आफै छान्ने



मस्को- विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध खेल्ने अर्जेन्टिनी टोलीको टुंगो खेलाडीले नै गर्ने भएका छन्। अर्जेन्टिना फुटबल संघले प्रशिक्षक जर्ज साम्पाओलीको क्षमतामा प्रश्न उठाउँदै खेलाडी छनोटको जिम्मा खेलाडीलाई नै दिएको हो।

सुरुका दुई खेलमा खराब प्रदर्शनपछि अर्जेन्टिना संकटमा छ। अर्जेन्टिना अगाडि नबढ्न सक्ने सम्भावना छ। पहिलो खेलमा आईसल्यान्डसँग १-१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले क्रोएसियासँग ३-० गोलको पराजय ब्यहोरेको थियो। प्रशिक्षक जर्ज साम्पाओलीले राम्रोसँग खेलाडी छनोट गर्न नसकेको आरोप खेलाडीको छ।

अर्जेन्टिना फुटबल संघका महासचिव जर्ज बुरुचागाले नाइजेरियाविरुद्ध खेल्ने टोलीको छनोट खेलाडी आफैले गर्ने बताएका छन्।

अर्जेन्टिनाका पुर्व खेलाडी रिकार्डो गुस्टीले बुरुचागाको भनाई उदृत गर्दै भनेका छन्, ‘ खेलाडीले टिमको टुंगो लगाउने छन्। यदि साम्पाओली बेन्चमा बस्न चाहन्छन्,ठिकै छ। यदी बस्न चाहँदैनन भने पनि कुनै समस्या छैन।’

महान् खेलाडी लियोनल मेसीका लागि यो विश्वकप अन्तिम अवसर भएकाले सिनियर खेलाडीले चासो र चिन्ता ब्यक्त गरेका छन्।