तपाई अर्जेन्टिनाको फ्यान हो ? अर्जेन्टिना बारे रोचक कुराहरु यस्ता छन्
विश्वमा फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरुबारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई थाहा छ । पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना । मासु खपत, ट्यांगो डान्सिङ, विविध कल्चरले भरिपुर्ण छ अर्जेन्टिना ।
अर्जेन्टिनाबारे रोचक कुराहरु यस्ता रहेका छन्
विश्वकै आठौ ठुलो देश अर्जेन्टना हो ।
अर्जेन्टिना शब्द लेटिन शब्द सिल्भरबाट आएको हो ।
लेटिन अमेरिकामा सबैभन्दा धेरै घुम्न आउने शहर हो व्युनर्स आयर्स
अर्जेन्टिनाको कुल क्षेत्रफल १०६८२९६ रहेको छ ।
सन् २००१ मा अर्जेन्टिनामा १० दिनमा पाँच जना राष्ट्रपति रहेका थिए ।
सन् १९१३ मा अर्जेन्टिना प्रतिव्यक्ति आयमा विश्वकै १० औ स्थानमा रहेको थियो ।
सबैभन्दा चिसो र सबैभन्दा गर्मी तापक्रम दक्षिण अमेरिका महादेशमा पर्ने अर्जेन्टिनामा हुने गर्छ ।
सबैभन्दा धेरै स्पेनिस भाषा बोलिने देश पनि अर्जेन्टिना नै हो ।
उरुग्वे, ब्राजिल, चिली, बोलिभिया र पारग्वे जस्ता देशहरुसँग अर्जेन्टिनाको सिमाना जोडिएको छ ।
अर्जेन्टिनाको राष्ट्रिय मुद्रा पेसो हो ।
लेटिन म्युजिक अर्जेन्टिनाबाट सुरु भएको हो ।
अर्जेन्टिनाको बिफ विश्वभर प्रख्यात रहेको छ ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको थियो ।
अर्जेन्टिनामा ३० वटा राष्ट्रिय आरक्षण केन्द्र रहेका छन् ।
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।
विश्वकै सबैभन्दा धेरै गहुँ निर्यात गर्ने देशको सुचीमा अर्जेन्टिना पाँचौ स्थानमा छ ।
अर्जेन्टिनामा गर्भपतन अझै गैरकानुनी मानिन्छ । आमाको ज्यानै जाने खतरा वा बलात्कारका घटनामा मात्र गर्भपतन गर्न पाइन्छ ।
लेटिन अमेरिकामा सबैभन्दा पहिले ‘सेम सेक्स म्यारिज’को अनुमित दिने राष्ट्र हो अर्जेन्टिना
लेटिन अमेरिकामा सबैभन्दा पहिलो रेडियो ब्रोडकास्टिङ हुन् देश को अर्जेन्टिना । उसले सन् १९२० अगस्ट २७ मा पहिलो रेडियो ब्रोडकास्टिङ सूरु गरेको थियो ।