अर्जेन्टिनाले खायो ३ गोल, मेस्सी निरिह, क्रोयसियाको गजबको खेल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

अर्जेन्टिनाले खायो ३ गोल, मेस्सी निरिह, क्रोयसियाको गजबको खेल



अर्जेन्टिना क्रोयसियासँग लजास्पद हार बेहोरेको छ । समुहको दोश्रो खेलमा ३–० ले पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्युन भएको छ ।

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बरारी खेलेका अर्जेन्टिना क्रोयासियासँग ३–० ले पराजित भएको हो । अर्जेन्टिनाका गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै पहिलो र तेश्रो गोल गरेको क्रोयसियाले दोश्रो गोल डिफेन्डरको कमजोरिको फाइदा उठायो ।

दोश्रो हाफको ५३ औं मिनेटमा एन्टे रेविचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाए । लुका मड्रिचले ८० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ९१ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै फराकिलो जीत दर्ता गरे ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफको सूरुमै क्रोयसियाले अग्रता बनायो ।

यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरणको संभावना कमजोर बनेको छ । यो समुहबाट क्रोयसिया अघिल्लो चरण प्रवेश गरेको छ भने, आइसल्याण्डको एक खेलबाट एक अंक छ ।

उसले शुक्रबार नाइजेरियासँग खेल्दैछ । यो खेल जितेर आइसल्याण्डले क्रोयसियासँग बराबरी गरेपनि अघिल्लो चरण जाने छ । र हारे पनि उसको अघिल्ले चरणको संभवना कायमै हुने छ । तर यो अवस्थामा अर्जेन्टिनाले भने अघिल्ले चरणका लागि आइसल्याण्ड हारे पनि फराकिलो गोलअन्तरले पराजित गर्नु पर्ने छ ।

समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया तथा क्रोयसियाले आइसल्याण्डसँग खेल्दै छ ।