अर्घाखाँचीका एक युवकको मृत्यु: कारण खुल्न बाँकी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अर्घाखाँचीका एक युवकको मृत्यु: कारण खुल्न बाँकी



काठमाडौं- अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ। भारतबाट घर फर्किंदै गरेका उनको बाटैमा मृत्यु भएको हो ।

रोजगारीका लागि भारतको गुजरात पुगेका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटैमा मृत्यु भएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गैरेको बसमै मृत्यु भएको जानकारी आएको बताए। उनको मृत्युको कारण भने खुल्न नसकेको र कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

गैरेको शव कपिलवस्तुको कृष्णनगर सीमाको भारततर्फ पर्ने बढनीमा छ। नेपाल भित्र्याएर स्वाब परीक्षण गराउने तयारी भइरहेको छ।
भारतबाट दुई वटा बसमा नेपालीहरु आएका र सोही बसमा उनी पनि रहेको खुलेको छ।