अर्जेन्टिनाले गर्यो ४१ औं मिनेटमा गोल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अर्जेन्टिनाले गर्यो ४१ औं मिनेटमा गोल



मस्को- विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन्। खेलको पहिलो हाफ जारी रहँदा खेल १-१ गोलको बराबरीमा छ। फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। अर्जेन्टिनाले ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। एन्जेल डि मारियाले पाभोनको  पासमा डीबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोल भएको थियो।

समूहगत चरणमा फ्रान्सफले दुई जित र एक बराबरीको नतिजा निकालेर अपराजित रहँदै दोस्रो चरण पुगेको हो।

फ्रान्स समूह विजेता बनेको थियो। पहिलो खेलमा अस्ट्रेलियालाई २-१ गोलले हराएको फ्रान्सले दोस्रो खेलमा पेरुलाई १-० गोलले पराजित गरेको थियो भने तेस्रो तथा अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।

अर्जेन्टिनालाई भने दोस्रो चरण पुग्न निकै गाह्रो भएको थियो। पहिलो खेलमा आईसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएको थियो। तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २-१ गोलले हराएर साविक उपविजेता अर्जेन्टिनाले समूह उपविजेताका रुपमा दोस्रो चरणको यात्रा तय गरेको थियो।

अन्तर्राष्ट्रिय फूटबलमा फ्रान्सले अर्जेन्टिनालाई हराउन सकेको छैन। विश्वकपमा अर्जेन्टिनाले अन्तिमपटक सन् १९८६ र फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो।

खेलको ४१ औं मिनेटमा डी मारियाले निकै नै सुन्दर गोल गरेका हुन ।