रगत र पसिनासंग साटेर कमाएको पैसा अस्पतालको उज्यालोको लागि सहयोग - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

रगत र पसिनासंग साटेर कमाएको पैसा अस्पतालको उज्यालोको लागि सहयोग



पुष्पा गैरे  \वैशाख  २५ अर्घाखाँची

 

अघोसित लोडसेडिङ कारण अन्धकारमय अस्पताललाई उज्यालो पार्न आफ्नो गाँस काटेर सहयोग गर्न महान कार्य गरेका छन अर्घाखाँचीका प्रदेशी सपुतहरुले। पटकपटक बिजुलि जादा अप्रेसन गर्दागर्दै रोकिनु पर्ने रातमा उपचार गर्दा मैन बत्तीको साहारा लिनुपर्ने अवस्थाबाट अस्पताललाई मुक्त गराउनको लागि आफुले रगत र पसिना सङ्ग साटेको रकम अस्पताललाई आर्थिक सहयोग गरेका छ्न।

जिल्ला अस्पताल अर्घाखाँचीमा चौबीसै घण्टा उज्यालो प्रदान गर्ने उदेश्यले सोलार बत्ति जडानको लागि बिदेश मा रहेका नेपालीहरुले उज्यालो अस्पताल बनाउनको लागि गरेको सहयोगको ३ लाख बराबरको चेक आज एक कार्यक्रमका बिच सहयोगी परिवारका आफन्त हरुको उपस्थितिमा जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरियो। साथै सहयोग गर्ने सहयोगिका आफन्तहरुलाइ अभियान र अस्पताल को तर्फबाट खादा तथा दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो कार्यक्रम लोक बहादुर दर्जिको अध्यक्षता स. प्र. जि. अ. नारायण खत्रीको प्रमुख आतिथ्य साथै जिल्ला अस्पताल का अध्यक्ष कृष्ण खनाल र अस्पताल प्रमुख डा जगन्नाथ तिवारी को विशेष आतिथ्य रहेकोे थियोे भने कार्यक्रम सञ्चालन सहयोगि बि. सिको रहेको थियो।

देशमा रहेर विभिन्न क्षेत्र मा रहेका उद्योगि ब्यापारी कर्मचारी र राजनीति को नाममा बितण्ड मच्चाउने हरुको लागि समाजसेवा को पुण्य काममा लाग्न यी युवाहरूले दरिलो प्रहार गरेका छ्न।

 

सहयोगीहरुको नाम र सहयोग रकम