अर्घाखाँची जिल्लाको बल्कोटमा पनि प्रदर्शन
केशब पन्थी
बल्कोट, अर्घाखाँची । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँची जिल्लाको बल्कोटमा विहान ८ बजेदेखी प्रदर्शन शुरु भएको थियो ।
बल्कोट ५ लगायतका वार्डहरुमा संशोधन प्रस्ताव फिर्ता माग गर्दै प्रदर्शन गरिएको हो ।
स्थानिय एमालेका धुर्ब पाण्डे, कांग्रेसका पिताम्बर खनाल, माओवादी केन्द्रका प्रकाश ज्ञवाली, राजु पाण्डेको उपस्थितमा प्रदर्शन भएको छ ।