'अप्रिल फुल' लिएर आउदै कृष्ण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘अप्रिल फुल’ लिएर आउदै कृष्ण



काठमाडौं: लेखक एवं पत्रकार कृष्ण आचार्य ‘अप्रिल फुल’ नामक उपन्यास लिएर आउदै छन् ।

प्रकाशन हुनुअघि नै चर्चामा रहेको उपन्यास भदौ दोस्रो साताभित्र विमोचन गर्ने तयारी रहेको लेखक आचार्यले जानकारी दिए । अहिले पुस्तक छपाईको काम भइरहेको छ ।

युवा प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको उपन्यासले वर्तमान युवा पुस्ताको मन–मस्तिष्क बोलेको लेखकको दाबी छ । उनी भन्छन्, ‘आख्यान भए पनि वर्तमान अवस्थामा समाज वरपर रहेको घटनाक्रमलाई उपन्यासमा उठान गरिएको छ । पढ्दा सबैले आफूले भोगेका र देख्दै आएका कुरालाई महसुस गर्नेछन् ।’ छोराछोरीको इच्छा, चाहना, आवश्यकता र मनोविज्ञान बुझ्न बाबु–आमाका लागि पनि उपन्यास पठनीय रहेको लेखकले बताए ।

एक दशकदेखि पत्रकारिता गर्दै आएका लेखक आचार्यले विभिन्न संचार माध्यममा कथाहरु लेख्दै आएका छन् । छोटो समयमा नै सामाजिक संजालमा राम्रो फलोअर्स कमाएका आचार्य हाल नयाँ पत्रिका दैनिकमा उप–सम्पादकको रुपमा कार्यरत छन् । उपन्यास विशेषगरी किशोर–किशोरीमाझ लाकप्रिय हुने विश्वास लिइएको छ ।