तीन ट्रिलियन डलर बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बन्यो एप्पल - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

तीन ट्रिलियन डलर बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बन्यो एप्पल



काठमाडौं- आईफोन निर्माता कम्पनी एप्पलको सेयर सोमबार तीन प्रतिशतले बढ्यो। त्यसबाट ‘मार्केट क्यापिटलाइजेसन मार्क’ तीन ट्रिलियन डलर पु-याउन एप्पललाई सहज भएको छ।

यससँगै एप्पलले बेलायत, भारत, फ्रान्स, इटाली, क्यानाडा र दक्षिण कोरियाका कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई पार गरेको छ। यी मुलक विश्वका टप टेन अर्थतन्त्रमध्येका हुन्।

सन् २०२० मा एप्पलले दुई ट्रिलियन डलरको आँकडा पार गरेको थियो। केवल १७ महिनामा तीन ट्रिलियन डलरको लक्ष्य पूरा गर्न एप्पल सफल देखियो।

एप्पलका सह-संस्थापक स्टिभ जब्सले जनवरी २००७ मा पहिलोपटक आईफोन बजारमा ल्याएका थिए। त्यसयता सिलिकल भ्यालीको यो अग्रज कम्पनीको सेयरमा पाँच हजार आठ सय प्रतिशतले वृद्धि भएको छ।

तीन ट्रिलियन डलरको सीमा केही हदसम्म प्रतीकात्मक हो। गत वर्ष प्राविधिक क्षेत्रका अन्य प्रतिस्पर्धी कम्पनीले एप्पललाई पछाडि पारेका थिए। सन् २०२१ मा माइक्रोसफ्ट र टेस्ला कम्पीको सेयरमा ५० प्रतिशतको वृद्धि भएको थियो। त्यसविपरीत एप्पलको स्टलमा ३४ प्रतिशतको वृद्धि देखिएको थियो।

तथापि, एप्पलको यस विशाल आकारको अर्थ हो- सेयर बजारमा यसको प्रभाव सबैभन्दा ठूलो छ। ‘एस एन्ड पी ५००’ इन्डेक्समा एप्पलको हिस्सा करिब सात प्रतिशत छ।