एपिएल क्रिकेटसङ्ग जोडिएको अर्घाखाँचीको भविष्य  - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

एपिएल क्रिकेटसङ्ग जोडिएको अर्घाखाँचीको भविष्य 



– तेजेन्द्र समशेर पाण्डेय,अर्घाखाँची 

यो वर्षको APL क्रिकेट प्रतियोगिता यानिकि अर्घाखाँची प्रीमियर लिग क्रिकेट प्रतियोगिता यही असोज १२ गते बाट सुरु हुँदै छ । अर्घाखाँचीबाट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गरी नेपालको क्रिकेट विकासमा इट्टा थप्ने प्रमुख उद्देश्य रहेको यो प्रतियोगिता लाई अर्घाखाँचीको भबिस्य सङ्ग तुलना गर्न थालियको छ ।

यो प्रतियोगिता ले अर्घाखाँची को क्रिकेट विकास सङ्गै जिल्लाको भविष्य समेत उज्ज्वल हुने अनुमान स्थानीय बुद्धिजीवीको छ ।

गत वर्ष पहिलो पटक आयोजना गरियको यो खेलमा खेलाडी र खेलप्रेमीको निकै उत्साह देखियको थियो । नेपालमा क्रिकेटको प्रगति उल्लेखनीय रूपमा अगाडि बढेको यो समयमा अर्घाखाँचीमा सञ्चालित यस्ता गतिविधिहरू महत्त्वपूर्ण देखिन्छन् ।

यस प्रतियोगिताको टिममा राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता तथा क्षेत्रीय स्तरका प्रतियोगिता खेलेका अर्घाखाँचीका खेलाडी समेत छन् । यसरी आयोजना हुने क्रिकेट गतिविधिले क्रिकेटमा सानै उमेर देखि बालबालिकाको चासो बढेको देखिन्छ ।

अर्घाखाँचीमा क्रिकेटका विभिन्न गतिविधिहरू गर्दै आइरहेको अर्घाखाँची क्रिकेट एकेडेमी पछिल्लो समय झन् क्रियाशील बन्दै गइरहेको छ । अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा रहेको यो एकेडेमी क्रिकेट क्षेत्रको विकासमा निकै सक्रिय छ ।

प्रतियोगितामा पहिला झैँ चार टिम रहने प्रतियोगिताका प्रमुख व्यवस्थापक तथा विकास क्लबका अध्यक्ष रिसि भट्टराईले जानकारी गराए । रोयल सन्धिखर्क,सुपर सुपा ११, एम्स स्टार र नमस्ते अर्घाखाँची यस प्रतियोगिताका चार टिम हुन ।

भट्टराई का अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख पाँच हजार सङ्गै मेडल र प्रमाण पत्र पाउनेछ । त्यसै गरी दोस्रो हुनेले ५५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछ । एक टिममा १८ जना खेलाडी हुनेछन् ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान ,बलर,फिल्डर लाई पनि पुरस्कारको व्यवस्था गरियको छ । त्यसै गरी धेरै छक्का हान्ने खेलाडी,खेल अवधिभरको उत्कृष्ट खेलाडी,इमर्जिङ्ग प्लेयरलाई पनि पुरस्कारको व्यवस्था गरियको व्यवस्थापक भट्टराईले बताए ।

१० दिन सम्म चल्ने उक्त प्रतियोगितामा व्यक्ति तथा विभिन्न संस्थाले आर्थिक र अन्य सहयोग गरी हौसला दियको आयोजकको भनाइ छ ।सदरमुकाम सन्धिखर्कको टुँडिखेलमा हुने यो खेलको सबै तयारी पूरा भयको र माहौल उत्साहजनक रहेको आयोजक टिमले बतायको छ ।