सशस्त्रका पाँच एआईजीद्वारा एकसाथ राजीनामा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सशस्त्रका पाँच एआईजीद्वारा एकसाथ राजीनामा



सशस्त्र प्रहरी बलका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् निर्णय लगत्तै पाँच एआईजीले बिहीबार राजीनामा दिएका हुन् ।