युवतीलाई अपहरण गरी २ करोड फिरौती माग्ने ६ जना पक्राउ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

युवतीलाई अपहरण गरी २ करोड फिरौती माग्ने ६ जना पक्राउ



आश्विन २१, रुपन्देहीको बुटवलमा युवती अपहरण गरी २ करोड रुपैयाँ फिरौती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिकाका २२ वर्षिय प्रकाश भुसाल, २१ वर्षिय अनमोलजंग राणा, शुद्धोद्धन गाउँपालिकाका २१ वर्षिय राजीव सुनारी मगर, तिलोत्तमा नगरपालिकाका ३९ बर्षिय लालु पुन, सोही स्थानका ३९ वर्षिय डम्बर बहादुर राना र अर्घाखाँचीको भुमिकास्थान गाउँपालिकाका २८ वर्षे दिपक नेपाली रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गत असोज २ गते सैनामैना १ की २१ बर्षिय रेखा भुसाललाई अपहरण गरी २ करोड फिरौती मागेका थिए ।
अभियुक्तको साथबाट अपहरणमा प्रयोग भएका लु १ ज ३४३६ नम्बरको मारुती कार, खुकुरी, चक्कु, मोवाइल, साइकल, तन्ना लगायतका सामान तथा कपडा बरामद भएको प्रहरीले जनाएको छ ।