अनुष्काको यो फोटोले भारतीय क्रिकेटमा यस्तो हंगामा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अनुष्काको यो फोटोले भारतीय क्रिकेटमा यस्तो हंगामा



मंगलबार लण्डनमा भारतीय उच्चायोगले टीम इन्डियालाई डिनर पार्टीमा आमन्त्रित गरेको थियो ।

बीबीसीआई(भारतीय क्रिकेट कन्ट्रोल बोर्ड) ले यो अवसरको फोटो आफ्नो ट्वीटर एकाउन्टमा शेयर गरेको छ ।

तस्वीरमा टीम इन्डियाको टोलीसहितसपोर्ट स्टाफ भारतीय राजनीतिकका साथ पोज दिएको देखिएको छ । कप्तान विराट कोहलीदेखि लिएर मुख्य कोच रवि शास्त्रीसम्म सबै म्याचिङ ड्रेसमा देखिएको छ ।

सबै ठिक थियो तर सामाजिक सञ्जालमा यो तस्वीर भाइरल भएको छ । यसको कारण हो तस्वीरमा विराटसँग उनकी पत्नी अनुष्का शर्माको उपस्थिति । ट्वीटरमा प्रश्न उठाइएको छ कि यस आधिकारिक समारोहमा अनुष्का टीम इन्डियाको हिस्सा कसरी बनिन् ? जबकी भारतीय दलका अन्य कसैको पत्नी पनि त्यहाँ उपस्थित थिएनन् ।

उनले टीम इन्डियाका उपकप्तान अजिंक्य रहाणेलाई पछिल्लो लाइनमा पु¥याएको भन्दै विरोध भएको छ ।