अन्तिम १६ मा पुग्यो आर्सनल - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

अन्तिम १६ मा पुग्यो आर्सनल



पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनल इएफएल कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ ।

इएफएल कपको तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको हो । आर्सनलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको हो ।

आर्सनलका लागि पाँचौँ र ३७ औँ मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाएए । ५८ औँ मिनेटमा एलन जजले ब्रेन्टफोर्डका लागि एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भयो । राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले स्टोक सिटीलाई ३–२ ले हराएँदै चौथो चरण अर्थात अन्तिम १६ मा स्थान बनाएको छ ।