अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनको आयोजनामा एकल नृत्य प्रतियोगिता हुँदै
समीर प्रकाश पाण्डे / बहराईन
अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइन, शाखाले बहराइन बासी नेपाली हरुमा लुकेर रहेको प्रतिभा लाई उजागर गर्ने तथा दिनदिनै लोप हुँदै गइरहेको नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बहराइन बासी नेपालीहरू बिच ” एकल नृत्य प्रतियोगिता ” आयोजना गर्ने भएको छ।
सन २०१४ मा बहराइन मा “जय कला , जय कलाकार ” भन्ने मूल नाराका साथ बहराइनमा बिस्तार भएको यस संस्थाले विगतमा पनि निकै रमाइलो तथा सेवामुलक उद्देश्य लिएका कार्यक्रमहरू गर्दै आइरहेको छ। स्थापनाको सुरुवात मा नै “I.A.F. singing idol” आयोजना गरेको कलाकार मञ्चले यही आउदो अङ्ग्रेजी पात्रोनुसार १९ मे २०१७ शुक्रवारको दिन उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
“एकल नृत्य प्रतियोगिता ” विशेष गरेर बहराइन मा बस्ने नेपालीहरू बिच को निश्पक्ष प्रतिस्पर्धा हुनेछ, कला भएर पनि उजागर गर्न बाहिर ठाउँ नपाएका त्यस्ता कलाका खानी हरुलाइ हौसला थप्नको यस्तो एकल नृत्य प्रतियोगिता को आयोजना गरिएको मञ्चका अध्यक्ष प्रकाश पाठकले बताए। “विगतमा धेरै किसिमका प्रतिस्पर्धाहरू बहराइनमा भए तर नृत्य प्रतियोगिता नभएको निकै लामो समय भएकाले साथै नृत्य तर्फ रुचि भएका कलाकारहरुको पनि गुनासो धेरै आएकोले यो एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो” मञ्चका कोषाध्यक्ष मेघनाथ आचार्यले भने ” नेपाली कला संस्कृतिलाई बचाउनु हामी सम्पूर्ण नेपालीको कर्तव्य हो” उनले थपे !
एकल नृत्य प्रतियोगितामा भाग लिनको लागि सम्पूर्ण बहराइन बासी नेपाली हरुमा आयोजकले अनुरोध पनि गरेको छ। प्रतियोगितामा प्रथम हुनेलाइ आकर्षक नगद पुरस्कार , ट्रफी तथा बहराइन मा बन्ने म्युजिक भिडियोमा अभिनय गर्ने अवसर मिल्ने छ भने द्वितीय र तृतिय हुनेलाइ नगद पुरस्कार , ट्रफी र प्रमाणपत्र प्रदान गरिने कुरा आयोजक ले जानकारी दिएको छ।
साथै उक्त कार्यक्रमलाई सफल पार्नको निम्ति सम्पूर्ण बहराइनमा कृयाशिलसंघ संस्था , बुद्धिजीवी , पत्रकार , कलाकारहरू सबैलाई आ-आफ्नो ठाउँबाट हुनसक्ने सहयोग गरिदिनुहुन पनि आयोजकले अनुरोध गरेको छ।
कार्यक्रम बारे थप जानकारी :
मिति :- १९ मे शुक्रवार , २०१७
स्थान :- फुडसिटी को सभाहल , मानामा
समय :- दिनको ठिक १ बजे देखि १० बजेसम्म
स. सहयोगी: अरुण क्षेत्री