आन्तरिक उडान खोल्ने सरकारको निर्णय - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

आन्तरिक उडान खोल्ने सरकारको निर्णय



काठमाडौं- सरकारले आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।

अब भने जम्मा ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला हुनेछ । सोमबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्काे बैठकले सामान्य अवस्थामा हुने उडानकाे आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेकाे थियाे। उडानकाे व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ।