अभानेस्ववियु सीए लक्ष्मीनगर कमिटीद्वारा 'इन्डोर खेल २०१७' सम्पन्न - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

अभानेस्ववियु सीए लक्ष्मीनगर कमिटीद्वारा ‘इन्डोर खेल २०१७’ सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली 

 भारतको नयाँ दिल्ली लक्ष्मीनगरमा अभानेस्ववियु, सीए, लक्ष्मीनगर कमिटीले क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा गत आईतवार इन्डोर खेल २०१७ सम्पन्न भएको छ। 

लक्ष्मीनगरको आई.आर.एस. ईन्स्टिच्युमा सम्पन्न उक्त खेल प्रातियोगीतात्मक कार्यक्रममा चेस तथा क्यारम प्रतियोगिता आयोजना गरिएको थियो।सयौँको उपस्थितिमा सम्पन्न प्रतियोगितामा चेसतर्फ ४० जना प्रतियोगीलाई उछिन्दै विकास अधिकारीले “चेस च्याम्पियन”को उपाधि हासिल गरे भने प्रभात कट्टेलले रनर अपको उपाधि हासिल गर्न सफल भएका थिए ।

यसै गरी क्यारम तर्फ ५२ जना प्रतियोगीलाई उछिन्दै शुशांक न्यौपानेले प्रथम उपाधि हासिल यस्तै गरे भने अशोक गिरीले रनर अपको उपाधि हासिल गर्न सफल भए।

कमिटीको स्पोर्ट्स विभागको आयोजनामा सम्पन्न खेल प्रतियोगिताको संयोजक आशिष् नेपालले गरेका थिए। उनले आगामी दिनमा पनि यस्तै कार्यक्रम लिएर विद्यार्थी बीच उपस्थित हुने  बताएका थिए ।