अन्जु पन्तका १० विवाद : पैसाका लागि हुरुक्कै , केटा भनेपछि जुरुक्कै ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अन्जु पन्तका १० विवाद : पैसाका लागि हुरुक्कै , केटा भनेपछि जुरुक्कै !



काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा जति भावुकताको मिठास अरुका स्वरमा विरलै भेटिएला । एउटा गजलमा भरेको स्वरले दिएको उचाईसँगै अञ्जुको गायन यात्राले पनि गति लियो । गायन नेपालमा एउटा राम्रो पेशा पनि बनिसकेको छ ।

यो सौखमात्र होइन, व्यावसायीकतामा परिणत भएको छ । व्यावसायीकतामा परिणत भएको पेशासँग त्यस व्यक्तिको चरित्र, चित्र र नीजि व्यवाहार पनि जोडिन्छन् । अझ, सेलिब्रिटी नै भएपछि नजोडिने त कुरै भएन ।

६ हजार बढी गीतमा स्वर दिएकी अन्जुलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । उनका गीतमा भावुकताका भाव भए पनि उनको स्वभाव कस्तो छ ? पति मनोज राजसँग सम्बन्ध विच्छेद गरेका अन्जु धर्म परिवर्तनका कारणले पनि विवादमा तानिने गरेकी छन् ।

अन्जुबारेका केही विवाद

१. अन्जुको स्वर र लुक्स जति स्वभाविक छ, उनको व्यवाहार अति अस्वभाविक छ । स्टेज शोमा दर्शकस्रोतको चाहनाअनुसार प्रस्तुती दिन नसकेका कारण देशभित्रका मेला महोत्सवमा उनको माग घटेको बताइन्छ ।

२. अन्जु कार्यक्रम मेला महोत्सवमा आफ्नो पारिश्रमिक कति भनेर खुलाउँदिनन् । जब काम सक्छिन् त्यसपछि आयोजक र प्रायोजकको ढाड भाँचिने गरी अप्ठेरोमा पार्छिन् । त्यसकारण पनि उनलाई स्टेज कार्यक्रममा बोलाउन छाडिएको चर्चा छ ।

३. पुरुष र मदिरालाई समानान्तर राख्ने अन्जुको पछिल्ला दिनमा स्वभावमा सुधार आएको बताइन्छ । तर उनले इलामदेखि धरानसम्मका स्टेजमा मदिरा पिएर गएको, गीत गाउन नसकेको र कार्यक्रम संयोजनकर्तासँग चक्कर चलेको आलोचना खेप्नु परेको थियो ।

४. अन्जु मिडियासँग नजिक हुन चहान्न् । मिडियाले उनका बारेमा नराम्रो लेख्यो भन्ने आरोप रहँदै आएको छ । मिडियासँग विरोधाभाष सम्बन्ध राखेका कारणले पनि उनी विवादीतमा तानिन्छिन् ।

५. विभिन्न देशमा हुने कार्यक्रममा समुहमा जान्नन् अन्जु । गए पनि उनका घरपरिवारका सबै सदस्यलाई लैजानु पर्ने भएकाले विदेशी स्टेजमा पनि उनको माग घटेको छ । एक जना होइन, २ जना होइन ४ देखि ५ जनासहित अन्जुलाई मोटो रकम दिनुपर्ने भएपछि विदेशी आयोजक पनि हैरान बन्न थालेका छन् ।

६. कलाकारितामा विवादमा आउने एउटा कारण हो, अफेयर । हुन त यो निजी जीवन भए पनि सम्बन्धको चर्चा सतहमा समेत हुने गरेको छ । कलाकार, गायकसँग सम्बन्ध स्थापित भएका कारण घर विग्रिएको भन्ने आरोप लाग्दै आएको छ । यो विवादबाट पनि उनी मुक्त छैनन् ।

७. अन्जुका लागि अनुबन्धन गर्ने गीतकार, संगीतकार र स्टुडियो उनको चलनदेखि हैरान छ । एउटा गीत कति पारिश्रमिकमा गाउने भन्ने यकिन नभएका कारण अन्जुबाट दुख पाउने गरेको संगीतकर्मीले गुनासो गर्दै आएका छन् । उनी गीत गाएपछि मुडअनुसार चार्ज लगाउने गर्छिन् ।

८. अन्जु धार्मिक विवादमा पनि आइन् । धर्म परिवर्तन गरेर ख्रीष्टियन भएपछि हिन्दूलाई गाली गरेको भनेपछि उनी सामाजिक सञ्जालदेखि सवैतिर आलोचित भइन् । उनले रोएर गाली नगरेको भन्ने बयान दिनु परेको थियो ।

९. हिन्दू उत्सव र महोत्सव, चाडपर्वमा गीत नगाउने अभिव्यक्तिका कराण अन्जु विवादमा तानिइन् । उनलाई कतिपय हिन्दुवादी संघ संगठनले कारबाही गर्नेसम्मका निर्णय लिएका थिए ।

१०. अन्जुले बिहेका सन्दर्भमा दिएको अभिव्यक्ति पनि विवादीत छ । उनले बिहेलाई काँडा भनेकी छन् भने जीवनसाथीको अपमान गरेको भन्ने अभियोग पनि लाग्दै आएको छ ।

उक्त सामाग्री दैनिक नेपालबाट लिईएको हो ।