गलत समाचार प्रकाशन गर्ने अनलाइनकी प्रबन्धक पक्राउ - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

गलत समाचार प्रकाशन गर्ने अनलाइनकी प्रबन्धक पक्राउ



काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा गलत समाचार सम्प्रेषण गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छिन्। आरएमखबर डटकमकी प्रबन्धक रहेकी प्राप्ती सापकोटा पौडेल भन्ने एञ्जिला पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो। उनकाे अनलाइनमा पन्त हत्यामा प्रहरीकै संलग्नता रहेको भन्दै ‘यीनै हुन् १४ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरी बलात्कार गरी हत्या गर्ने प्रहरी । सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकको गलत समाचार सम्प्रेषण भएको थियो।

प्रहरीको पोशाक लगाएको एक व्यक्तिको फोटो समेत राखेर सो समाचार भाइरल बनेको थियो।

उक्त समाचारले पीडित परिवारलाई अझै पीडित बनाएको र त्यसले सामाजिक प्रतिष्ठामा आँच आउने तथा समाजमा घृणा फैलाएकाले उनलार्य पक्राउ गरी प्रहरीले बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको  सिआइबीले जनाएको छ।  उनलाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न म्याद दिएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।