ओलीले देशलाई अनिष्टतिर फर्काए: रामचन्द्र पौडेल - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीले देशलाई अनिष्टतिर फर्काए: रामचन्द्र पौडेल



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रतिगामी निर्णय राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताएका छन् ।

उनले विगतमा संसद विघटनले देशलाई अस्थिरता र संकटतर्फ धकेलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेलेको आरोप लगाए ।

‘संसद विघटनको कुरा संविधान विपरितको काम हो, लोकतन्त्रको मूल्य र मान्यता विपरित गरिएको संसद विघटनको सिफारिश राष्टपतिले स्वीकार्न हुँदैन, यस्ता हर्कतले देशलाई सधै अस्थिरता र संकट तिर लगिरहेको छ, लोकतन्त्रलाई नोक्सान पुर्याउदै आएको छ । अहिले फेरि प्रधानमन्त्रीले देशलाई अनिष्टमा लैजान आमन्त्रण गरेका छन, यो बन्द हुनुपर्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ताजा जनादेश लिने भन्दै संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।