आन्द्रेद्वारा डेब्यु खेलमै ह्याट्रिक ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आन्द्रेद्वारा डेब्यु खेलमै ह्याट्रिक !



स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा सेभिल्लाले प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको यो सिजनको आफ्नो पहिलो खेलमा सेभिल्लाले रायो भालेकानोालई ४–१ ले हराएको हो ।

सेभिल्लाको जितमा यहि सिजन इटालियन क्लब एसी मिलानबाट लोनमा आएका आन्द्रे सिल्भाले ला लिगाको डेब्यु खेलमै ह्याट्रिक गरे । २२ वर्षका पोर्चुगिज सिल्भा ११ अगस्टमा सेभिल्ला आएका हुन् ।

गएको सिजन सिरी ए मा २४ खेलमा मात्रै दुई गोल गरेका सिल्भाले ला लिगाको डेब्यु खेलमा ३१ औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ७९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

सेभिल्लाका लागि फ्रान्को भाज्क्वेजले एक गोल गरे । भालेकानोका लागि एड्री एमबार्बाले एक गोल फर्काए ।