स्पेनिस खेलाडी इनिष्टाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

स्पेनिस खेलाडी इनिष्टाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा



स्पेनिस खेलाडी आन्द्रेस इनिष्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा घरेलु टोली रूससँग पराजित भएपछि मिडफिल्डर इनिष्टाले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका हुन्।

स्पेनले सन् २०१० को विश्वकप उपाधि उचाल्दा प्रमुख खेलाडी रहेका ३४ वर्षीय उनले स्पेनको जर्सीमा १ सय ३० खेल खेलेका छन् ।

१३ अन्तर्राष्ट्रिय गोल समेत गरेका उनले मुलुकलाई दुई युरो कप र एक विश्वकपको उपाधि दिलाएका थिए।