अनमोल - झुर मेगास्टार - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

अनमोल – झुर मेगास्टार



हिजोआज अनमोल केसीले भन्न थालेका छन्, ‘म मेगास्टारहोइन।’ फ्लासब्याकमा जाउँ, जुन समय कसैले उनलाई मेगास्टार भनिदिँदा मख्ख गमक्क पर्थे। अहिले भने उनलाई यो शब्दले इरिटेट पारझैँ देखिएको छ।

बिना कारण उनी इरिटेट भएका भने होइनन् । अलि अघिका कुरा सम्झौँ । ‘कृ’ असफल, ‘क्याप्टेन’ झुर, ‘ए मेरो हजुर–३’ ठीकठीकै तर क्रेडिट सुहाना थापालाई ।

अनि लगातार यस्तो झुर रिजल्ट आउन थालेपछि मेगास्टार भनेर बोलाउँदा सम्मान गरेर भन्दा जिस्काएझैँ लाग्नु स्वाभाविक हो। अहिले आइरहेका उनका अभिव्यक्ति हेर्दा उनलाई पनि यो शब्दले जिस्काएझैं लागिरहेको होला ।

त्यसैले त अनमोलले ‘म मेगास्टार होइन’ भन्न थाले।

यो जानकारी आजको शुक्रबार साप्ताहिकबाट।