कांग्रेस सांसद अमरेशकुमारले सांसदबाट राजीनामा घोषणा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कांग्रेस सांसद अमरेशकुमारले सांसदबाट राजीनामा घोषणा



काठमाडौँ– नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहले आज राजीनामा घोषणा गर्न लागेको बताइएको छ ।

पार्टीको आन्तरिक विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेकाले पार्टी सभापतिलाई बुझाउन लागेको बताए ।

पार्टीको क्रियाशील सदस्यता विवादका कारण आफूले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिन लागेको सिंहले बताए । उनले राष्ट्रिय कारणले नभई पार्टीको आन्तरिक कारणले राजीनामा दिन लागेको बताएका छन् ।

पार्टीको क्रियाशील सदस्यता विवादका कारण सर्लाही र धनुषाका नेता कार्यकता पार्टी केन्द्रिय कार्यालय सानेपामा आमरण अनसन बसिरहेका छन् ।

उनीहरूका माग सम्बोधन गर्न माग गर्दा पार्टी नेतृत्वले नमानेकाले वीपी स्मृति दिवसको दिन पारेर सांसद पदबाट राजीनामा दिने घोषणा गरेको डा. सिंहले बताए ।