अमिताभ बच्चनले जिते कोरोना, डिस्चार्ज हुँदै - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

अमिताभ बच्चनले जिते कोरोना, डिस्चार्ज हुँदै



काठमाडौं- चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेका छन् ।

१२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट कोरोना भाइरस नेगेटिभ आएको छ ।

पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनलाई आज साँझसम्म डिस्चार्ज गरिनेछ ।

उनीसँगै पारिवारका सदस्यहरु ऐश्वर्या राय र आराध्यामा पनि कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा राखि उपचार गराईरहेका छन् ।

यतिबेलासम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।