अमिताभले भने: भगवान सेतो कोटमा अस्पतालमा भएकाले मन्दिरका ढोका बन्द छन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमिताभले भने: भगवान सेतो कोटमा अस्पतालमा भएकाले मन्दिरका ढोका बन्द छन्



एजेन्सी- यतिबेला प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन अस्पतालमा छन् । उनीहरू दुवै जनालाई हिँजो मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीरू मुम्बईको नानावती अस्पतालमा भर्ना भएका हुन्। अमिताभ बच्चनको सिघ्र स्वास्थ्य लाभको लागि बिश्वभरीका करोडौँ समर्थकले प्रार्थना गरिरहेका छन्

अमिताभले बितेको १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैजनालाई कोरोनाको परीक्षण गराउन पनि अनुरोध गरेका छन्।

उनले चिकित्सकलाई ‘भगवानको संज्ञा दिँदै भिडियो सन्देश समेत दिएका छन्। ‘आजभोलि मन्दिरका ढोका बन्द छन्। किनकी भगवान सेतो कोट धारण गरेर सर्वसाधारणको सेवामा समर्पित छन्,’ उनले भनेका छन्, ‘डाक्टर, नर्स र स्वास्थ्यकर्मी सबै भगवानका प्रतिमूर्ति हुन्।’

अहिले विश्व नै कोरोनाको महामारीबाट प्रताडित छ। संक्रमण रोक्न विभिन्न कदम चालिए पनि सफल हुन नसकिरहेका बेला अस्पतालमा उपचारका लागि पुग्ने संक्रमितको संख्या घट्न सकेको छैन।

चिकित्सक र स्वास्थ्यकर्मी जोखिम मोलेर काम गरिरहेका छन्। अमिताभले भनेका छन्, ‘यस्तो महामारी तथा विषम परिस्थितिमा मानवीयताका खातिर कटिवद्ध भएर लाग्नु भएको छ तपाईँ भगवान हो।

उनले अगाडि भनेका छन्, ‘तपाईँहरू हाम्रो जीवन हो। म नतमस्तक छु। तपाईँहरू हुनुहुन्नथ्यो भने मानवीयता के हुन्थ्यो ? अहिले समय निराशाजनक छ।’

हरेक व्यक्ति मानसिक तनावमा डर, भय, त्रासमा बाँचिरहेका छन्। ‘यस्तो बेला हामी संयम बनौं, मिलेर काम गरौं मिलेर अघि बढौं। आशा छ सबै मिलेर काम ग-यौं भने छिट्टै पूरानै अवस्थामा फर्किन्छौं,’ उनले भनेका छन्, ‘डाक्टर नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीको मेरो जीन्दगीमा सधै महत्वपूर्ण भुमिका रहेको छ।’

अमिताभले अगाडि भनेका छन्, ‘म तपाईँहरूको सेवाको समर्पणको सधैं आभारी छु। तपाईँहरू यसरी नै अघि बढ्नुस् हामी सबै तपाईँको स्नेह मायाको ऋणी हौं।’