अमिताभ र अभिषेक बच्चन दुबैलाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमिताभ र अभिषेक बच्चन दुबैलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं- भारतमा कलाकारका पनि अभिभावक मानिने अमिताभ बच्चन र उनका पुत्र अभिशेक बच्चन दुबैलाई कोरोना संक्रमण पुष्टि भएको छ । बच्चन बाबु छोरालाईनै संक्रमण पुष्टि भएको भारतीय मिडियाले बताएका छन् ।

अमिताभ र अभिषेख दुवै जनाले आफूहरुलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको ट्विटरबाट सार्वजनिक समेत गरेका छन्। शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए।

अमिताम बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताएका थिए भने आफूसँग नजिकको सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। त्यसलगत्तै अभिषेखले आफूलाई पनि संक्रमण पुष्टि भएको जानकारी ट्विटरबाटै दिएका छन्।

अमिताभ र अभिषेख दुवै जनालाई मुम्बईको अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतमा अहिले बच्चनका समर्थकहरूले उनको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक संजालमा ट्रेन्ड चलाएका छन् ।