अमिताभले आँसु पुछ्दै भने ‘यो लामो यात्रामा मैले पाएको सबैभन्दा ठूलो उपहार दर्शकको माया हो - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमिताभले आँसु पुछ्दै भने ‘यो लामो यात्रामा मैले पाएको सबैभन्दा ठूलो उपहार दर्शकको माया हो



काठमाडौँ । बलिउडका महानायक अमिताभ वच्चनले साइन गरेको चलचित्रमा निरन्तर काम गरे पनि तिनको छायांकन सक्न केही वर्षक लाग्नेछ । बुढ्यौली उमेरमा पनि धमाधम चलचित्रमा देखिँदै आएका अमिताभको अभिनयको चर्चा संसारभर हुन्छ, चाहे उनको चलचित्र फ्लप नै किन नहोस् ।

बलिउडका बलिया खम्बा अभिताभका सम्बन्धनमा आगामी १५ फेब्रुअरीमा एउटा नयाँ रचिँदैछ, जुन इतिहास बलिउडमा अहिलेसम्म सायदै कसैले रचेका छन् । प्रसंग हो, उक्त दिन अमिताभले बलिउडमा पाइला चालेको ठ्याक्कै ५० वर्ष पूरा हुनेछ । यो मेरा लागि धेरै ठूलो कुरा हो र भावुक क्षण पनि, अमिताभले आँखाको डिलका आँसु पुछ्दै भनेका छन्, ‘यो लामो यात्रामा मैले पाएको सबैभन्दा ठूलो उपहार भनेको दर्शकको माया हो, लाखौं मलामी ।’

अमिताभले १५ फेब्रुअरी १९६९ मा आफ्नो पहिलो चलचित्र सात हिन्दुस्तानी साइन गरेका थिए भने उनी चाँदै ब्रह्मास्त्रमा देखिदैछन् । अचम्मको कुरा के पनि हो भने पहिलो चलचित्र हिन्दुस्तानी र ५० वर्षपछि अभिनय गरेको चलचित्र ठग्स अफ हिन्दोस्तानको शीर्षक उस्तै–यस्तै छ ।