अमिताभ बच्चनले लगाउने कोट कहाँबाट आउँछ ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

अमिताभ बच्चनले लगाउने कोट कहाँबाट आउँछ ?



एजेन्सी । भारतको चर्चीत शो ‘कौन बनेगा करोडपती’ को ११औं श्रृङ्खला छिट्टै सुरु हुँदैछ । सञ्चालक बलिउडका सुपरस्टार अमिताभ बच्चन पनि देशभरका प्रतियोगी हरुलाई स्वागत गर्न र उनिहरुलाई सम्मान गर्न आतुर छन् ।

उनको कार्यक्रम प्रस्तुत गर्ने शैली र उनको स्टाइलले विश्वमा चर्चा कमाएको छ । उनको मेक अप आर्टीस्ट प्रिया पटेलका अनुसार उनको सुटमा प्रयोग हुने फ्याब्रिक्स इटालीबाट मगाइन्छ ।

यसैगरि उक्त सामग्री ल्याउनुभन्दा पहिले क्यामराको स्क्रिन टेस्ट गरिन्छ र त्यसपछि फिट भएसँगै इटालीबाट अर्डर गरिन्छ ।

उनको कोटको बटन पनि विभिन्न देशबाट मगाइन्छ । जसमा इटाली, टर्की, जापान र कोरिया रहेका छन् ।