कोरोना निको भएपछि झनै बिग्रियो अमित शाहको स्वास्थ्य, अस्पतालमा भर्ना
काठमाडौं- भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको हो ।
उनी कोरोना संक्रमण पुष्टि भएसँगै दुई साता आइसोलेसनमा बसेका थिए । गत साता मात्र नेगेटिभ रिपोर्ट आएपछि शाह अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई मंगलबार फेरी अस्पतालमा भर्ना गरिएको हो ।
५५ वर्षिय शाहको पछिल्लो समय स्वास्थ्य केही जटिल बनेको थियो । तर पनि उनले अस्पतालबाटै आफ्नो नियमित काम गरिराखेको थिए ।