भारतमा अलोकप्रिय बन्दै अमित शाह - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

भारतमा अलोकप्रिय बन्दै अमित शाह



एजेन्सी– भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित शाहको लोकप्रियता भारतमा निकै घटेको छ ।

संसदमा नागरिकता संशोधन कानुन पारित भएपछि पहिलो पटक आइतबार कोलकाता जान लागेका अमित शाहको विरोध केही दिनअघि देखि नै सुरु भएको हो ।

विभिन्न संगठनले उनको विरोध गर्न सुरु गरेका छन्, उनीविरुद्ध कालो झन्डा देखाइएको छ। गो ब्याक अमित शाह नारा घन्किन थालेको छ ।

सिपिएमले अमित शाहको स्वागत त्यसरी नै गर्ने जनाएको छ जसरी केही अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरिएको थियो ।

उता, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले तृणमुल कांग्रेसले चाहिँ विरोधमा भाग नलिने बताएकी छिन् ।

उनीहरुले यसको विरोधमा एउटा शान्तिपूर्ण -याली गरिने जानकारी दिएकी छिन् ।