अमित शाह ५ लाख ३० हजार मतले अगाडि - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमित शाह ५ लाख ३० हजार मतले अगाडि



काठमाडौं -भारतीय लोकसभा निर्वाचनमा बिहीबार भइरहेको मतगणनाका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गान्धीनगर क्षेत्रबाट ५ लाख ३० हजार मतको अग्रता लिएका छन्।

२१ औँ पटकको मतगणनाका क्रममा शाहले यो भारी अग्रता लिएका हुन्।

भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले बिहीबार भइरहेको मतगणना क्रममा ३४३ स्थानमा अग्रता लिइरहेको छ।

उता कांग्रेस अध्यक्ष राहुल गान्धीले केरलको वायनाड क्षेत्रबाट ३ लाख मतको अग्रता लिएका छन्।