बिजेपी अध्यक्ष अमित शाह र काँग्रेस अध्यक्ष राहुल गान्धीमा कसको सम्पत्ति कति ? - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

बिजेपी अध्यक्ष अमित शाह र काँग्रेस अध्यक्ष राहुल गान्धीमा कसको सम्पत्ति कति ?



एजेन्सी । बिजेपी अध्यक्ष अमित शाहले शनिबार गुजरातको गान्धीनगर लोकसभा सिटंका लागि नामांकन फर्म भरेका छन् । नामांकन उनले दिएको जानकारी अनुसार उनको सम्पत्ति तीन गुणाले बढेको छ ।

अमित शाहका अनुसार उनी र उनकी श्रीमतीको चल अचल सम्पत्ति ३८.८१ करोड रहेको छ । सन् २०१२ मा उनीहरुको सम्पत्ति ११.७९ करोड रहेको थियो ।

यसमा २३.४५ करोड सम्पत्ति उनको परिवारबाट विरासतमा मिलेको बताइएको छ ।

अमित शाह र उनकी पत्नीको बैक खातामा २७.८० लाख रुपैयाँ रहेको छ । यसबाहेक दम्पत्तिसँग कुल ९.८० लाख रुपैयाँ फिक्स डिपोजिट रहेको छ ।

दम्पत्तिको नामंकनमा इनकम ट्याक्स रिटर्नले जे विवरण दिएको छ उसका अनुसार उनीहरुको वार्षिक आम्दानी २.८४ करोड रुपैया रहेको छ ।

राहुल गान्धी

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीको सम्पत्ति १५ः८८ करोड भारतीय रुपैया रहेको छ । लोकसभाको वायनाड सिटका लागि नामांकन–पत्र भर्ने प्रक्रियामा उनले यस्तो रेकर्ड प्रस्तुत गरेका हुन् । सन् २०१४ को चुनावमा उनको कुल सम्पत्ति ९.४ करोड रुपैयाँ घोषणा भएका थियो ।

उनको बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग ७२ लाख रुपैयाँ लेनदेन रहेको बताइएको छ ।

राहुल गान्धीसँग चल सम्पत्ति ५ करोड ८० लाख ७९९ भारतीय रुपैयाँ रहेको छ । त्यस्तै उनको अचल सम्पत्ति १० करोड ८ लाख १८ हजार २८४ भारतीय रुपैयाँ रहेको छ । उनको कुल सम्पत्ति १५ करोड ८८ लाख ७७ हजार ८३ भारतीय रुपैयाँ रहेको छ ।

उनी अमेठी सिटबाट पनि चुनाव लड्दैछन् । उनीसँग ४० हजार नगद रकम रहेको र बेंकमा १७.९३ लाख भारतीय रुपैयाँ जम्मा रहेको बताइएको छ । उनले ५.१९ करोड विभिन्न कम्पनी र ब्राण्ड, डिबेँचर र शेयरमा लगानी गरेका छन् । उनीसँग ३३३.३ ग्राम सुन रहेको छ । मिडिया रिपोर्टका अनुसार सन् २०१७–१८ मा उनको कुल आय १ करोड ११ लाख ८५ हजार ५७० रुपैयाँ रहेको थियो ।