वाराणसीमा नरेन्द्र मोदी र गान्धीनगरमा अमित शाह जीतको नजीक-यतो छ परिणाम - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

वाराणसीमा नरेन्द्र मोदी र गान्धीनगरमा अमित शाह जीतको नजीक-यतो छ परिणाम



नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमो मतगणना धमाधम भइरहेको छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३२५ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले आवश्यक बहुमत हासिल गर्ने संकेत प्रारम्भिक नतिजाले गरेको छ । भारतीय जनता पार्टी एक्लैले २८५ सिटमा अग्रता लिइरहेको छ ।

भारतीय जनता पार्टीका चर्चित अनुहार प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो चुनाव क्षेत्रमा करिब ६९ हजार मतले अग्रता बनाएका छन् । वाराणसी क्षेत्रबाट उम्मेदवारी दिएका उनले ६९ हजार मतभन्दा बढीले अग्रता लिइसकेको बताइएको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह एक लाख १५ हजार मतले अगाडी छन् । उनी गान्धीनगर क्षेत्रबाट चुनावी मैदानमा छन् ।

उत्तर प्रदेशको अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले कडा टक्कर दिएकी छन् । मतगणना सुरु हुनासाथ दुवै उम्मेदवारबीच झिनो मतान्तरले अघि–पछि हुने क्रम जारी छ । केही अघिसम्म राहुल गान्धीले अग्रता लिएको सो क्षेत्रमा पछिल्लो समय स्मृति इरानीले एक हजार मतले अग्रता बनाएकी छन् । (एजेन्सी)