जेएनयु हमला गृहमन्त्री अमित शाहले गराएको आरोप - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

जेएनयु हमला गृहमन्त्री अमित शाहले गराएको आरोप



एजेन्सी- भारतको जवाहरलाल नहेरु विश्वविद्यालय (जेएनयु)मा भएको हिंसामा गृहमन्त्री अमित शाह र मानव संशाधन विकासमन्त्री रमेश पोखरियाल जिम्मेवार भएको कंग्रेसले आरोप लगाएको छ।

भारतीय कंग्रेसका वरिष्ठ नेता जयराम रमेशले पत्रकारहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले उक्त हिंसामा सामिल सबैलाई तत्काल गिरफ्तार गर्न र विश्वविद्यालयका कुलपति एम जगदीश कुमारलाई हटाउन पनि माग गरे।

‘जेएनयु घटनामा मानव संशाधन विकासमन्त्री र गृहमन्त्री दुबैको हात छ,’ उनले भने, ‘यो आधिकारिक रूपमा प्रायोजित गुण्डागर्दी हो।’

उनले ७२ घण्टा भइसक्दा पनि कुनै गिरफ्तारी नभएकोमा आपत्ति जनाए।