अमेरिका नजान चिनको ट्राभल एलर्ट : अबको सङ्केत के ? - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

अमेरिका नजान चिनको ट्राभल एलर्ट : अबको सङ्केत के ?



काठमाडौं-
अमेरिकामा डोनाल्ट ट्रम्प सत्तामा आएपछि चीन र अमेरिकाबीच ठाक्कठुक्क परिरहेको ज्ञात भएकै कुरा हो। तर अहिले चीन र अमेरिकाको सम्बन्ध धेरै चिसिएको छ। अहिलेको प्रमुख द्वन्द्व भनेको ब्यापारिक द्वन्द्व हो। यो चिसिएको सम्बन्धका कारण चीनले अमेरिकालाई दुष्ट भन्न समेत भ्याइसेको छ।

चीनले आफ्ना नागरिकहरूलाई पनि अमेरिका नजान र जानेहरूले पनि सतर्क रहन ट्र्याभल एलर्ट जारी गरेको हो। चीनका सरकारी सञ्चार माध्यम पनि अमेरिका विरूद्ध खनिएका छन्।

यसको सुरुवात भने अघिल्लो महिना भएको थियो। अमेरिकी सरकारले चिनियाँ सामानमा कर वृद्धि गरी १०% बाट २५% पुऱ्याएको थियो। २ खर्ब डलरको सामानमा लाग्ने यो करका साथै हुवावेका सामानहरू आयात नगर्ने चेतावनी दिएको थियो। हुवावेले स्मार्ट फोन साथै दूरसञ्चारका सामानहरूको निर्माता हो र यसको विश्वबजारमा ठूलो माग रहेको छ। चीन पनि किन पछि हट्थ्यो, उसले पनि ६० अर्ब डलरको अमेरिकी सामानमा कर बढाएको थियो।

जथाभावी गोली काण्ड हुने, लुटपाट हुने र चोरी हुने भएका कारण अमेरिका असुरक्षित भएको भन्दै चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई सतर्क रहन सुझाएको थियो। अमेरिकामा रहेका चिनियाँ नागरिकहरूलाई पनि उच्च सतर्कता अपनाउन भनिएको थियो। चीनले अमेरिकामा आफ्ना नागरिकलाई उत्पीडन गरेको आरोप पनि लगाएको थियो।

मिडिया युद्धको मामिलामा पनि चीन अगाडि देखिएको छ। सञ्चार माध्यम मार्फत अमेरिकालाई विश्वकै शत्रुको दर्जा दिइएको छ। चीनले सरकारी सञ्चारमाध्यमको उपयोग यस कार्यमा अत्याधिक गरिरहेको छ। चिनियाँहरूले ऐतिसाहिक तथ्यहरूलाई पनि उजागर गर्दै अनेक प्रोपोगान्डा फैलाइरहेको छ। अझ चिनियाँ टिभीले अमेरिका चीन युद्धका डकुमेन्टरी समेत देखाइरहेका छन्।१९५२ मा ट्रेङ्गल हिलमा युद्ध हुँदा अमेरिका चीनद्वारा परास्त भएको थियो।

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ राष्ट्रपति सि जिनपिङले भेट गरेका छन्। व्यापारमा सहयोग गरेकामा पुटिनले चीनलाई धन्यवाद दिए र आपसी सम्बन्ध अभूतपूर्व रहेको बताए। पुटिनले हतियार नियन्त्रण, निःशस्त्रीकरण र आणविक शक्तिका मामिलामा वर्तमान विश्व-व्यवस्थालाई बिग्रन दिनु नहुने बताएका छन् र यसमा चीनको पनि मञ्जुरी रहेको बताएका छन्।