नाजायज बच्चाका बाबु आमिर भएको खुलासा ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

नाजायज बच्चाका बाबु आमिर भएको खुलासा !



मुम्बई –बलिउड अभिनेता आमिर खान ५३ बर्ष पुगेका छन् । १४ मार्च १९६५मा मुम्बईमा जन्मिएका उनी अभिनेताका अलवा समाजसेवाको रुपमा पनि चिनिएका छन् ।

अमिरको बारेमा धेरै मानिस बुझाइ उनको जीवनमा दुई महिला मात्र आएको भन्ने छ । पहिलो रीना दत्त र दोस्रो किरण राव । तर यी बाहेक पनि एक अर्की महिला आमिरको जीवनमा आएकी थिइन् । जससँगको सम्बन्ध आमिरले कहिलै पनि स्विकार गरेनन् ।

केही बर्ष पहिले एक चर्चित इन्टरटेन्टमेन्ट म्यागजिनमा खबर आएको थियो । आमिरका एक नाजायज छोरा पनि छन् । उक्त समाचारमा एक ब्रिटीस पत्रकारले आफ्नो छोराको बुबा आमिर बताएकी थिइन् । जेसिका हाइन्स नामकी उक्त महिलाले दाबी गरेकी थिइन् कि २००३ मा उनले जन्माएको छोरा अमिर खानको थियो । उनले छोराको नाम ‘जान’ बताइएकी छन् ।

दुबैको पहिलो भेट विक्रम भट्टको फिल्म ‘गुलाम’को सुटिङको क्रममा भएको थियो । उनले आमिर आफुसँग लिभिङरिलेसनसिपमा समेत रहेको दाबी गरेकी थिइन् । सोही क्रममा उनी गर्भवती भएको उनले बताइन् ।

आमिरले जेसिकालाई गर्भपतन गर्न समेत सुझाएका थिए । तर जेसिकाले उक्त कुरा मानिन् । पछि जेसिका लन्डन उडिन् । उनले बच्चा उही जन्माएकी हुन् ।