आमिर खान अभिनीत ‘ठग्‍स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड खर्च - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आमिर खान अभिनीत ‘ठग्‍स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड खर्च



काठमाडौँ। यशराज ब्यानर निर्माणमा बनेको आमिर खान अभिनीत ‘ठग्‍स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड खर्च भएको सार्वजनिक गरिएको छ । सूत्रका अनुसार, फिल्मका लागि १८ औँ शताब्दीमा चलन चल्तीमा रहेकाको भारतीय मोडेलको सेट पनि तयार पारिएको थियो ।

फिल्मको इटलीको माल्टा, थाइल्याण्डको बैंकक, भारतको जोधपुर र गोवाको मल्टिपल लोकेशनमा सुटिङ गरिएको छ, जसमा महँगो बजेट खर्च भएको छ ।

देश र विदेश गरी कुल ४५ स्टन्ट परफर्मर, बढी डबल, फाइट कोरियोग्राफर र एक्सन डाइरेक्टर हायर गरिएको छ । तर, निर्देशक विजय कृष्ण आचार्यले यस फिल्ममा मोटो रकम खर्च गर्नका लागि आदित्य चोपडासँग अनुमति लिएका छन् ।सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको जनाइएको छ ।

सूत्रका अनुसार, ‘ठग्‍स अफ हिन्दुस्तान’ मा बढी एक्सन ‘दंगल’ गर्ल फातिमा सना शेखको छ । उनलाई तरबार चलाउन, कुस्ती खेल्न र भालाबाट लडाइँ गर्नका लागि चार महिनाको तालिम लिनु परेको बताइएको छ । दुई महिनाको सेड्यूल आमिर खानको थियो ।

यस्तै, अभिनेता अमिताभ बच्चनले पनि दुई हप्ता ट्रेनिङ लिएको जनाइएको छ । फिल्ममा बिग बीले आफ्नो बढी जसो स्टन्ट आफैँले दिएका छन् । यो फिल्ममा दर्शकले फेरि अमिताभको पुरानो चिर परिचित एंग्री म्यानको अवतार देख्न पाउने आशा गरिएको जनाइएको छ । ऐजेन्सि