साहरुख खानको पार्टीमा किन खाना बोकेर गए अमिर खान ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

साहरुख खानको पार्टीमा किन खाना बोकेर गए अमिर खान ?



बलिउडका दुई सुपरस्टार साहरुख खान र आमिर खान अहिले आफ्नो कामलाई लिएर खुसी मनाइरहेका छन्।

दुवैका पछिल्ला फिल्मले औसत व्यापार गरे पनि बलिउडमा उनीहरुको चर्चामा कुनै कमी आएको छैन्।

आमिरले हालै एक कार्यक्रममा शाहरुखले आयोजना गरेको पार्टीमा आफूले घरबाटै खाना बोकेर गएको एउटा रोचक प्रशंग सुनाएका छन्।

पार्टीमा सहभागी हुन शाहरुखको घर पुगेका आमिरले घरबाटै खाना लिएर गएका थिए। ‘जब म शाहरुखको घर पुगेँ, मैले आफ्नो खाना आफैँ लिएर गएको थिएँ, म सत्य बोलिरहेको छु’ आमिरले भने।

एप्पल कम्पनीका कार्यकारी निर्देशक टिम कुक भारत आएको बेला उनको सम्मानमा शाहरुखले घरमा रात्रि भोजको आयोजना गरेका थिए। जहाँ आमिरलाई पनि निम्ता गरिएको थियो ।

आमिरलाई खानाका लागि सोध्दा उनले भने, ‘म खाना खान्छु तर मैले आफैँ टिफिनमा खाना ल्याएर आएको छु किनकि म निकै कठोर डाइट गरिरहेको छु।’ त्यतिबेला आमिर दंगल फिल्ममा काम गरिरहेका थिए।