अमेरिका तनावमा: बन्दैछ दैनिक 'रेकर्ड' - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अमेरिका तनावमा: बन्दैछ दैनिक ‘रेकर्ड’



एजेन्सी । कोराना संक्रमणका कारण अमेरिकामा चौबिस घण्टामा १ हजार ४ सय जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका सम्मको तथ्यांक अनुसार अमेरिकामा १ हजार ४ सय ४ जानको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा त्यहाँ १९ हजार ५ ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

योसहित अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जम्मा १२ हजार २ सय ७५ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ८६ हजार ५ सय ८७ पुगेको छ ।

त्यस्तै स्पेनमा पनि मंगलबार १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टि भएका छन् । योसहित फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

उता इटलीमा एकैदिन ६ सय ४ जनाको मृत्यु भएको छ भने ३ हजार ३९ नयाँ संक्रमित देखिएका छन् ।

योसहित इटालीमा मृत्यु हुनेको संख्या १७ हजार १ सय २७ पुगेको छ । त्यस्तै स्पेनमा एकैदिन ५ सय ५६ जनाको मृत्यु भएको छ ।

योसहित स्पेनमा मर्नेको संख्या १३ हजार ८ सय ९७ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८१ हजार ४९ पुगेको छ भने कूल संक्रमितको संख्या १४ लाख ११ हजार ३ सय ४८ पुगेको तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जानकारी दिएको छ ।