उत्तर कोरियाले लगायो अमेरिकालाई गम्भीर आरोप - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

उत्तर कोरियाले लगायो अमेरिकालाई गम्भीर आरोप



एजेन्सी- उत्तर कोरियाले अमेरिकालाई गम्भीर आरोप लगाएको छ । आफ्नो मुलुक र आफूलाई बदनाम गरेको भन्दै उत्तर कोरियाली शासक किमजंग उनले आरोप लगाएका छन् ।

आफ्नो मुलुकको छवि अमेरिकाले बिगार्न खोजेको आरोप लगाएको छ। गत महिना उत्तर कोरियाले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको थियो। त्यसको जवाफमा शुक्रबार उत्तर कोरियाले यस्तो आरोप लगाएको हो।

‘अमेरिकाले भन्दै आएको कथित साइबर खतरासँग हाम्रो मुलुकको कुनै सम्बन्ध छैन भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उत्तर कोरियाको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘यसका साथै आणविक क्षेप्यास्त्र, मानव अधिकार, आतंकवादीलाई सहयोगजस्ता मुद्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छवि बिगार्न खोजिरहेको छ।’

गत महिना अमेरिकी विदेश मन्त्रालयसहित अन्य निकायहरुले उत्तर कोरियाली ह्याकरहरुबारे नयाँ चेतावनी दिएका थिए।