पोर्नस्टार अर्चना पनेरुका अमेरिकन प्रेमी पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

पोर्नस्टार अर्चना पनेरुका अमेरिकन प्रेमी पक्राउ



काठमाडौं– शंकास्पद गतिविधिको आरोपमा एक अमेरिकन नागरिक पक्राउ परेका छन्। पोर्नस्टार अर्चना पनेरुका प्रेमी बताउने वल्फ प्रिन्सलाई प्रहरीले पक्राउ गरेको हो।

महिला तथा बालबालिकाहरुलाई अवैध रुपमा घरमा राखेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुले उनलाई शुक्रबार पक्राउ गरेको हो।

चन्द्रागिरी– ८ भकुेण्डेचौरस्थित एक घरमा बस्दै आएका प्रिन्सलाई प्रहरीले पक्राउ  गरिएको प्रहरीले जनाएको छ। उनको डेराबाट २ बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालिकालाई महिला आयोगको जिम्मा लगाइएको छ।

प्रिन्समाथि महानगरीय प्रहरी परिसर काठमाडौले कारबाही अघि बढाएको छ।

प्रिन्सले आफुले अर्चनासँग बिहे गरेको बताउँदै आएका छन्। उनीहरुले जोडीका रुपमा फोटो सुट पनि गरेका थिए। अर्चनाले भने उनीसँग चिनजान मात्र भएको र बिहे नगरेको बताएकी छिन्।