अमेरिकी नागरिकहरूमा पनि भटाभट भेटिन थाल्यो कोरोना - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अमेरिकी नागरिकहरूमा पनि भटाभट भेटिन थाल्यो कोरोना



काठमाडौं- जापानको क्वारन्टीनमा राखिएका ४० अमेरिकी नागरिकमा नयाँ कोरोनाभाइरस भेटिएको छ ।

डाइमण्ड प्रिन्सेस क्रुज पानी जहाजबाट उद्धार गरिएका ४० जना अमेरिकी नागरिकमा नयाँ कोरोनाभाइरस भेटिएको बीबीसीले जनाएको छ ।

चार सय अमेरिकी नागरिकलाई उद्धार गरिएका मध्ये ४० जनामा नयाँ कोरोनाभाइरस भेटिएको हो ।

दुई अमेरिकी हवाइहजाजबाट अमेरिकीहरुलाई स्वदेश फर्काइएको छ । तर, संक्रमितहरुलाई भने जापानकै अस्पतालहरुमा भर्ना गरिएको छ ।

अमेरिकी नागरिकहरुलाई ३ फेब्रुअरीदेखि जापानको योकाहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको थियो ।

चीन बाहिर नयाँ कोरोनाभाइरसबाट संक्रमण देखिएको यो सवैभन्दा ठूलो समुह हो ।