ट्रम्पको अर्को खतरनाक कदम: अमेरिका छिर्ने धेरैखाले भिसा खारेज गर्ने तयारी - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

ट्रम्पको अर्को खतरनाक कदम: अमेरिका छिर्ने धेरैखाले भिसा खारेज गर्ने तयारी



काठमाडौं- राष्ट्रपति चुनाव नजिकिंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनेक अनेक निर्णय गर्न थालेका छन् । उनको पछिल्लो समय अमेरिका छिर्ने धेरैखाले भिसा रोक्ने र खारेज गर्ने कदम चालेका छन्।

ट्रम्पले रोजगारसँग सम्बन्धित अमेरिकी भिसा रोक्ने तयारी गरेका छन्। कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभाव खेपिरहेको अमेरिकामा H1-B भिसा रोक लगाउने तयारी गरेको हो।

यो भिसा दक्ष कामदारका लागि उपलब्ध गराउँदै आएको थियो। ‘भिसाको विषयमा हामी भोलि केही सम्बोधन गर्न गइरहेका छौं,’ ट्रम्पले फक्स न्युजको अन्तर्वार्तामा भनेका छन्। उनले धेरैखाले भिसामा कडाइ गरिने जनाएका छन् जसमध्ये H1-B र L-1 समेत पर्नेछ।

ट्रम्पको यस्तो निर्णयले सयौं कम्पनी र हजारौं मानिसहरु प्रभावित हुनेछन्। अमेरिकामा H1-B भिसा हरेक वर्ष करिब ८५ हजार हाराहारीमा जारी हुने गरेको छ।

ट्रम्पले कोरोना भाइरस पेन्डेमिकका कारण आफूले अस्थायी रुपमा अमेरिका आगमनमाथि रोक लगाउन लागेको ट्विटमार्फत् जानकारी गराएका छन्। H1-B भिसालाई अमेरिकाले केही समय यता कडा बनाउँदै आएको थियो।

ट्रम्पसँग नजिक भएका सूचना प्रविधिसँग जोडिएका व्यवसायीले यसखाले भिसामाथि नियन्त्रणका लागि सुझाव दिँदै आएका थिए।