अमेरिकाले गर्यो नेपाल माथि यस्तो टिप्पणी ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

अमेरिकाले गर्यो नेपाल माथि यस्तो टिप्पणी !



काठमाडौं– अमेरिकाले नेपालमा तिब्बती शरणार्थीको अधिकारको विषयलाई लिएर कडा टिप्पणी गरेको छ ।

नेपाल संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको सदस्य निर्वाचित भएको वर्ष दिन पूरा भएको एक वर्षमै नेपालको मानवअधिकारको अवस्थाबारे यस्तो टिप्पणी आएको हो । २०१८ देखि मानवअधिकार परिषदको सदस्यमा निर्वाचित रहेको नेपालमा राज्य र राज्यका अंगनै मानव अधिकार उल्लंघनका घटनामास संलग्न रहेको अमेरिकी विदेश मन्त्रालयको मानवअधिकार सम्बन्धि प्रतिवेदन २०१८ मा उल्लेख छ ।

‘संविधान र कानुनले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गरेको छ र सरकारले यी अधिकारलाई सम्मान पनि दिएको छ,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यद्दपि, पत्रकारहरु गैर सरकारी संस्थाहरु तथा राजनीतिक अभियन्ताहरुले नै पत्रकार तथा सञ्चार संस्थाहरुमाथि धम्की दिँदै सरकारले मिडियाको स्वतन्त्रतालाई अंकुस लगाएको भन्दै आरोप लगाइरहेका छन् ।’

सरकारले तिब्बती शरणार्थीलाई दलाई लामाको जन्म दिन मनाउनसमेत नदिएको प्रतिवेदनमा उल्लेख छ । ‘जुलाईमा सरकारले काठमाण्डुका तिब्बती समुदायको वाक स्वतन्त्रतालाई अंकुस लगाउने काम ग‍र्यो,’ प्रतिवेदनमा भनिएको छ, ’तिब्बती बौद्ध समुदायले दलाई लामाको जन्म जयन्ती सार्वजनिक रुपमा मनाउन मागेको अनुमतिलाई सरकारले अस्वीकार गरिदियो ।’