अमेरिकाले किन गर्दैछ मृत शरीर राख्ने लाखौँ झोलाको तयारी ? - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अमेरिकाले किन गर्दैछ मृत शरीर राख्ने लाखौँ झोलाको तयारी ?



एजेन्सी- अमेरिकी संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले सरकारसँग एक लाख शव राख्‍ने झोला माग गरेको छ ।

उक्त माग पूरा गर्नका लागि अमेरिकी रक्षामन्त्रालयले काम गरिरहेको बताइएको छ ।

रक्षा मन्त्रायका प्रवक्ता लेफिटेन्ट कर्नेल माइक एन्ड्रियुले मन्त्रालय र डिफेन्स लजिस्टिक एजेन्सीले शव राख्‍ने झोला राख्‍ने व्यवस्था मिलाइरहेको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “रक्षा मन्त्रालय र डिफेन्स लजिस्टिक एजेन्सीले संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले राखेको माग पूरा गर्नका लागि लामो समयदेखि व्यवस्थापन गरिरहेको छ ।

संकटको समाधानमा लागि डिफेन्स लजस्टिक एजेन्सी (डीएलए) को औधोगिक साझेदारसँग उक्त झोलाहरु खरिद प्रक्रिया अघि बढेको छ ।”

फेमाको एक लाख शव राख्‍ने झोलाको विवेकपूर्ण योजनाको प्रयासलाई सकारको स्वास्थ्य एजेन्सीकातर्फबाट सक्दो चाँडो सम्बोधन गर्ने प्रयास गरिएको मन्त्रालयले जनाएको छ ।

अमेरिकामा हालसम्म दई लाख बढी संक्रमित छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।